काठमाडौं – नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले इन्जिनियर हितेन्द्रदेव शाक्यलाई न्याय गरेको बताएका छन्। उनका अनुसार शाक्यले पदभार ग्रहण गरेपछि छोटो समयमै महत्वपूर्ण सुधारका कदम चालेका छन्।

बस्नेतले शाक्यको नियुक्तिसँगै नेपाल विद्युत् प्राधिकरणमा सकारात्मक परिवर्तनको सुरुवात भएको दाबी गरे। उनले भने, “शाक्यको नेतृत्वमा पीपीए (पावर परचेज एग्रिमेन्ट) प्रक्रिया अघि बढेको छ, ३० युनिटभन्दा कम बिजुली खपत गर्ने निम्न वर्गका उपभोक्तालाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ, साथै औद्योगिक क्षेत्रमा नियमित रूपमा बिजुली आपूर्ति सुनिश्चित गर्ने व्यवस्था मिलाइएको छ।”

उनले शाक्यको आगमनले विद्युत् प्राधिकरणभित्र रहेको भ्रष्टाचार र अनियमितताको छानबिन हुने अपेक्षा पनि व्यक्त गरे। बस्नेतले पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको निर्णयहरूमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै भने, “ग्राहकको महशुल तिर्ने समयसीमा सात दिन कटेपछि २५ प्रतिशत जरिवाना लगाउने, प्रत्येक बिलमा १२५ रुपैयाँ सर्भिस चार्ज लिने, र तीन महिनासम्म बिल नतिरेमा लाइन काट्ने जस्ता निर्णयहरू अन्यायपूर्ण छन्। यी सबै पुनरावलोकन गरिनुपर्छ।”

उनका अनुसार शाक्यको नेतृत्वमा विद्युत् सेवा सुधार गर्दै उपभोक्तामैत्री नीति ल्याउन सरकारले ठोस कदम चालेको छ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com