काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले मदिरा सेवन गरेर समाज भाँड्ने किसिमका अभिव्यक्ति दिएको आरोप लगाउँदै कानुनी अनुसन्धानको माग गरेको छ।

संघले सोमबार राति बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आपत्तिजनक भन्दै उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। कहिले सिंहदरबारमा आगो लगाउने त कहिले टुकुचामा गाड्ने जस्ता अभिव्यक्ति दिने बालेनको क्रियाकलाप कानुनी सीमाभन्दा बाहिर गएको भन्दै संघले आपत्ति जनाएको छ।

युवा संघ महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारले जारी गरेको विज्ञप्तिमा ‘…टुकुचामा गाड्छु…’ भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै जिम्मेवार पदमा बसेका व्यक्तिले संयमित भाषा प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com