काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पदभार ग्रहण गरेका छन्। गत चैत ११ गते नियुक्त भएका शाक्यले मङ्गलबार औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
पदबहाली कार्यक्रममा उनले एकदेखि दुई हप्ताभित्रै ठोस नतिजा देखाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार हाल उद्योग क्षेत्रमा भइरहेको १२ देखि १४ घण्टासम्मको लोडसेडिङ छिट्टै हटाइनेछ।
“अब लोडसेडिङ मुख्य समस्या होइन, हाम्रो प्राथमिकता विद्युत् आपूर्तिको भरपर्दोपन (रिलाइबिलिटी) सुधार्नु हो,” शाक्यले भने। उनले विद्युत् आपूर्तिमा आउने अवरोध हटाउँदै निरन्तर र भरपर्दो सेवा प्रवाह सुनिश्चित गर्ने योजना अघि सारेका छन्।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया