काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालै भएका राजनीतिक प्रदर्शनहरू प्रति असन्तोष व्यक्त गर्दै प्रश्न उठाएका छन् – “नानीबाबुहरूले के सिक्छन् बाहरू?”
शुक्रबार काठमाडौंमा दुई फरक धारका शक्ति प्रदर्शनहरू भए। भृकुटीमण्डपमा समाजवादी मोर्चाले शान्तिपूर्ण रूपमा आफ्ना विचार व्यक्त गर्यो, तर तीनकुनेमा राजावादी समूहको प्रदर्शन नियन्त्रण बाहिर गएर हिंसात्मक बन्यो।
यस घटनाका क्रममा दुईजनाले ज्यान गुमाए, केही सवारीसाधन र घरहरूमा आगजनी भयो, र निजी पसलहरू समेत लुटिए।
काठमाडौं महानगरपालिकाले यसअघि नै सार्वजनिक रूपमा सभा तथा प्रदर्शन नगर्न अनुरोध गरेको थियो। तर, उक्त चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शन भएपछि त्यसले दंगा र क्षतिको रुप लियो। यही परिस्थितिलाई इंगित गर्दै मध्यराति बालेन शाहले सामाजिक सञ्जालमा आफ्नो रोष प्रकट गरेका हुन्।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया