काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीहरु आपराधिक मानसिकताका मान्छे हुन भन्ने कुरा पछिल्लो तिनकुने घट्नाले पुष्टि गरेको बताएका छन् । उनले आफ्नो पार्टी अभियानमा भएको बेलामा प्रतिगमकारीहरुले टाउको उठाउन खोजेको र आफूहरुले त्यसको प्रतिकार गर्नपनि अभियान केही दिन थाँती राखेको स्पष्ट पारे । आज (मंगलबार) नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्रको अगुवाईमा चैत्र १५ गते भएको समाजवादी मोर्चाको सभा भव्य रुपमा सम्पन्न भएको स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी अभियानमा हुँदा प्रतिगमनले टाउको उठाउने र वितण्डा मच्चाउने समस्या देखियो । त्यसपछि हामीले तुरुन्तै केहि पहल कदमी नलिने हो भने दुर्घटनामा जाने अवस्था देखेपछि अभियानलाई थाती राखेर काठमाडौं केन्द्रित विशाल जनसभा काठमाडौंमा गर्‍यौ । प्रतिगामीले वितण्डा मच्चाएपछि एक जना श्रमजीवी पत्रकार र एक जना श्रमजीवी नागरिक गरेर दुई जनाको हत्या गरे । यसले माओवादी केन्द्र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र नेतृत्व गर्ने शक्ति भएको र राजावादी आपराधिक मानसिकतामा मान्छे हुन भन्ने पुष्टि भएको छ ।’

प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com