काठमाडौँ। सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
सांसद बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । पोष्ट कोभिडका कारण उनलाई घाँटीको क्यान्सर भएको थियो । त्यसपछि उनी बोल्न नसक्ने अवस्थमा थिए ।
उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया