काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो उदण्डताको कारण पुनः विवादमा तानिएका छन्। चैत्र १५ गते तिनकुनेमा राजावादी प्रदर्शनको क्रममा क्षति भएको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीस्वरूप जरिवाना तोक्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा उनको चर्को आलोचना भैरहेको छ। आलोचकहरूले यस कदमलाई एमाले निकटता देखाउन गरिएको संकुचित राजनीति भन्दै विरोध जनाएका छन्।
राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट तिनकुनेमा कार्यक्रम गर्न अनुमति लिएको थियो। राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको आन्दोलनको क्रममा भएको क्षति महानगरपालिकाले आयोजक संस्थालाई तिराउनुपर्नेमा उनले स्टन्ड बाजि गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहको नाममा जरिवाना पत्र पठाएपछि मेयर बालेन शाहको आलोचना सुरु भएको हो। तर दुर्गा प्रसाईंले राजा बोकेको भनेर प्रसाईंको रिस राजा सङ्ग पोखिरहेको एमाले पंक्ति भने मेयर बालेनको प्रशंसा गरिरहेको छन। दुई दिन अगाडी सम्म आफ्नो जन्मजात शत्रु झै आलोचना गर्ने एमाले पंक्ति एकाएक बालेनको प्रशंसामा लाग्नुको पछाडि बालेन एमाले सङ्ग बिग्रेको सम्बन्ध सुधार गर्न पुर्वराजा माथी मनपरि पत्राचार गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। उनिहरुको अनुसार ओलि नेतृत्वको सरकारले महानगरपालिकामा कार्यकारी नपठाएको रिसमा एकहप्ता भित्र कार्यकारी नपठाए सबैलाई टुकुचामा गाड्ने सामाजिक संजालबाट उद्घोष गरेका बालेन एक हप्ता पुग्नै लाग्दा पनि सरकारले कार्यकारी पठाउने बिषयमा चासो नदिएपछी राजालाई नै बदनाम गर्ने गरि पत्राचार गरेर प्रधानमन्त्रीलाई खुशी बनाएर कार्यकारी भित्राउने दाउमा देखिन्छन्।
केही साताअघि मात्रै उनले एमाले नेताहरूसँग गोप्य भेटघाट गरेको चर्चा चलेको थियो। स्रोतका अनुसार, एमाले नेतृत्व बालेन शाहलाई आगामी निर्वाचनमा आफ्नो पक्षमा तान्न प्रयासरत छ।
यस घटनासँगै, काठमाडौंका स्थानीयबासी भने बालेन शाहको शैलीप्रति रुष्ट छन्। पुर्वराजाको चैत्र १५ गतेको तिनकुने प्रदर्शनमा संलग्नता कतै पुष्टि हुने आधार छैन। आयोजक संस्थाले एक बिज्ञप्ती जारी गर्दै उक्त पत्र फिर्ता नभए कानुनी लडाइ लडने बताएको छ। तर, अदालतमा पुष्टि गर्ने कुनै आधार बालेन शाह सङ्ग नभएको कानुन व्यावसायिहरु बताउँछन्।
बालेन शाह आफ्नो पछिल्लो कदमले राजनीतिक रूपमा उनी विवादित बनेका छन्।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया