काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बाङ्गो हुन सुझाव दिएका छन्।
बालेनलाई सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन्- ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्।’
बिहीबार (आज) काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनाव सृजना भएको थियो। विवाद भएको भन्दै बालेन सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने पक्षमा थिए।
उनले उनका प्रहरीलाई पनि सोही निर्दशन दिएका थिए। तर, उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिरसमेत गराए। यसपछि हर्कले बालेनलाई यस्तो सुझाव दिएका हुन्।
प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार
प्रतिक्रिया