काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थन गर्दै टिप्पणी गरेका छन्।
बालेन शाहले यसअघि ‘सबैलाई टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले ठूलो विवाद निम्त्याएको थियो। सोही अभिव्यक्तिलाई उद्धृत गर्दै शाहीले फेसबुकमा लेखेका छन्, ‘टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हट्नु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनुहुँदैन।’
बालेनको अभिव्यक्तिमाथि व्यापक आलोचना र समर्थन भइरहेका बेला शाहीले समेत उनलाई उकास्ने गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
यसैबीच, बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनावको अवस्था सिर्जना भएको थियो। मेयर बालेन शाहले सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगर प्रवेश गर्न नदिन निर्देशन दिएका थिए। महानगर प्रहरीलाई समेत सोही आदेश दिइएको थियो।
तर, उपप्रमुख सुनिता डंगोलसहितका अन्य जनप्रतिनिधि तथा कर्मचारीको पहलमा गुरागाईंलाई कार्यालय प्रवेश गराएर हाजिर गराइयो। त्यसपछि शाहीले बालेनको समर्थनमा आक्रामक अभिव्यक्ति दिएका हुन्।
बालेन शाहको पछिल्लो कदम र शाहीको प्रतिक्रिया सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ।
प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार
प्रतिक्रिया