काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कर्मचारी, श्रमिक तथा शिक्षकहरूको रोकिएको तलब शुक्रबारबाटै निकासा गर्ने प्रतिबद्धता जनाएका छन्।

मेयर बालेन शाहको निर्देशन विपरीत, वडाध्यक्ष तथा केही कर्मचारीहरूको सहयोगमा बिहीबार कार्यालयमा हाजिर भएका गुरागाईंले आफ्नो पहिलो प्राथमिकता तलब भुक्तानी रहेको स्पष्ट पारे। उनले भने, “कर्मचारीहरूको तीन महिना र शिक्षकहरूको पाँच महिनादेखि रोकिएको तलब तुरुन्तै निकासा गर्न म शुक्रबार नै चेक काट्छु।”

त्यसैगरी, महानगरमा सम्पन्न भएका विभिन्न परियोजनाका ठेकेदारहरूलाई पनि भुक्तानी हुन नसकेको उल्लेख गर्दै उनले शुक्रबारदेखि सो प्रक्रिया अघि बढाउने बताए। गुरागाईंले प्रशासनिक कामकाजलाई नियमित गर्ने प्रतिबद्धता जनाउँदै आर्थिक समस्या समाधानका लागि प्रभावकारी कदम चालिने आश्वासन दिए।

प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This