काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित भएका छन् ।

अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैङ्क कर्मचारी सङ्घले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ ।

कर्मचारीहरूले राष्ट्र बैङ्कको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com