चरम आर्थिक संकट बेहाेरिरहेकाे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् ।

सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेपनि सबैले अस्वीकार गरेका थिए ।

विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलंकामा ठूलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन् । विपक्षीले अनुभवविहीनलाई मन्त्री बनाएकाे उनीहरूले आराेप लगाएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com