पोखरा । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक  जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका-१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ पनि छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ,’ उनले भने । चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको अनुमान छ।

मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो । ‘अहिले चोरी भएको पाइप पुरानो नभई प्रयोगमै आइरहेको पाइप हो’ उनले भने ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com