काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने र राजतन्त्र ल्याउने षडयन्त्र भएको बताएका हुन् ।

‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।

प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले ठाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए ।

तर, नेपालमा मात्रै नभई संसारभरि त्यस्तै हुने प्रचण्डले बताए । ‘ कहिलेकाँही त षडयन्त्र पहिले सोचेभन्दा कयौं गुणा ठूलो भएर पनि आउने गर्दछ । संसारभरि त्यस्तै छ नेपाल त्यसको अपवाद छैन,’ उनले थपे ।

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमिच सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।

यसै सन्दर्भमा उनले अब जनताले फैसला गर्ने दिन आएको बताए । गत स्थानीय तह निर्वाचन संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता भएको बेला जनताले फैसला गरेको उल्लेख गर्दै उनल मंसिर ४ मा पनि नतिजा पक्षमा आउने बताए ।

 

 

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com