हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एव्म प्रवक्ता बलराम श्रेष्ठले ग्लोबल नागरिकलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जना चुरेहिल अस्पताल तथा एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।

घाइतेहरु मध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । मृतकमध्ये ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तलखस्दा भएको दुर्घटना भएको प्रहरीको भनाइ छ।

मृतकको आफन्तहरु आउनेक्रम सुरु भइसकेको जनाउदै प्रहरी निरिक्षक श्रेष्ठले मृतकको सनाखत हुने क्रम पनि सुरु भइसकेको जनाए ।

 

प्रकाशित मिति: २० आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com