चितवन । चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ । सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।
अस्पतालको मूल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।
त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ । शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया