विराटनगर : ठूलो रकमको हारमार हुने गरी बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको आरोपमा दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो।

विराटनगर महानगरपालिका–६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर–९ का ४४ वर्षीय भूपेन्द्रकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुको साथबाट २८ हजार तीन सय २५ रूपैयाँ नगद, दुईवटा मोबाइल, शिद्धार्थ र लक्ष्मी बैंकको चेक बरामद गरेको छ।

डीएसपी श्रेष्ठले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत मोरङबाट बिहीबार म्याद थप गरेर सट्टाबाजी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com