आज पृथ्वी दिवस । तर यदि यो खबर संचारमाध्यममा नआएको भए सायदै कसैलाई थाहा हुन्थ्यो  !भनिन्छ कुनै पनि विषय मा समाज लाई चेतनशील बनाउनु छ भने त्यसको जिम्मेवारी संचार माध्यम ले नै लिनु पर्छ । चेतना जगाउनुअघि स्मरण गराउने जिम्मेवारी पनि सञ्चारमाध्यमले नै लिनु पर्छ ।यो संचार माध्यम को जिम्मेवारी पनि हो । किनभने संसारभर प्रत्येक वर्ष अप्रिल २२ मा मनाइने पृथ्वी दिवस लाई हामीले केवल औपचारिकताको विषय  मात्रै लिनु हुँदैन ।

पृथ्वी शब्द धेरै व्यापक शब्द हो जसमा बिभिन्न विषय हरु पानी, हरियाली, वन्यजन्तु, प्रदूषण र यससँग सम्बन्धित अन्य कारक  तत्वहरु समावेश हुने गर्छन् ।पृथ्वी बचाउनु भनेको सबैको रक्षा गर्न पहल गर्नु हो। तर यसका लागि एक दिनलाई मात्रै माध्यम बनाउनु हुदैँन ।प्रत्येक दिनलाई पृथ्वी दिवसका रूपमा लिँदै यसलाई जोगाउन केही न केही उपाय अवलम्बन गर्नु नै पर्दछ ।

जब सारा विश्वले 22 अप्रिलमा पृथ्वी दिवस मनाउँछ, यसअघि पृथ्वी दिवस विश्वभर वर्षमा दुई दिन (२१ मार्च र २२ अप्रिल) मनाइने गरेको थियो । तर 1970 देखि यो 22 अप्रिल मा मनाउने निर्णय गरियो।

मार्च २१ मा मनाइने अन्तर्राष्ट्रिय पृथ्वी दिवसलाई संयुक्त राष्ट्र संघले समर्थन दिएको छ यसको वैज्ञानिक र वातावरणीय महत्व लाई देखेर । यो उत्तरी गोलार्धको वसन्त र दक्षिणी गोलार्धको शरद ऋतुको प्रतीकको रूपमा मनाइन्छ। अप्रिल २२ मा मनाइने विश्व पृथ्वी दिवसको पछाडि अमेरिकी सिनेटर गेलर्ड नेल्सनको हात रहेको छ ।उनी वातावरणको बारेमा चिन्तित हुन्थे  र मानिस हरुमा चेतना जगाउने कुनै न कुनै माध्यम बनाउने प्रयास गरि  नै रहन्थे ।

पृथ्वी दिवसको सन्दर्भमा देश र विश्वमा चेतनाको ठूलो अभाव छ भन्ने कुरालाई नकार्न सकिँदैन! यस विषयमा सामाजिक र राजनीतिक दुवै तहबाट कुनै कदम चालिएको छैन। कतिपय वातावरणविद्हरुले आ–आफ्नो तहमा प्रयास गरिरहेका छन् तर यो कुनै व्यक्ति, संस्था वा समाजको सरोकारको मात्र विषय हुनु हुँदैन ! यसमा सबैले केही न केहि त्याग गर्नै पर्छ, त्यसपछि मात्रै  यो दिन सार्थक रहने छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com