९ वैशाख, काठमाडौं । प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारी रहेका छन् ।

काकरभिट्टादेखि काठमाडौंतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्‍याद अनुमति लिई महानगरीय प्रहरी वृत थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com