प्रधानमन्त्रीको पुत्ला दहन रोक्न नसकेको भन्दै चितवनका सीडीओ र एसपी तानिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाइ नारायणी नदीमा दाह संस्कार गरिएको घटनामा गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र एसपी भावेश रिमाललाई केन्द्रमा तानेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले रवि लामिछानेको पक्राउको विरोधमा प्रधानमन्त्री ओलीको पुतला जलाएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com