हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट अडान सार्वजनिक गरेका छन्। बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछिको प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले भने, “संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यता छैन।”
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।