काठमाडौं । नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाएको छ। कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाइएको घोषणा गरेका हुन्। कांग्रेसको विशेष महाधिवेशनको पक्षमा रहँदै आएका श्रेष्ठ पछिल्लो समय अस्वस्थ छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।