काठमाडौं । कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका १० वर्षीय बालक तनुज चौधरी मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका चौधरीको शव शुक्रबार स्थानीय जंगलमा भेटिएको हो। बुधबार साँझदेखि सम्पर्कविहीन भएका तनुजको खोुजीका क्रममा प्रहरी र स्थानीयवासीले शव फेला पारेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।