काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान एमाले– कांग्रेस गठबन्धनको सरकारले जनताको नभई विचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रभावमा परेर केपी ओली नेतृत्वको सरकारले असुल्नु पर्ने  अर्बौ रुपैयाँ बक्यौता बिचौलिायको प्रभावमा पारेर छुट दिन खोजेको बताए । उनले दलाल र विचौलियाकै कारण देशलाई अर्बौ रुपैयाँ घाटा भएको आरोप लगाए ।

प्रचण्डले जनताको अर्बौँ रकम छुट दिने दुश्साहस गरेमा सरकारविरुद्ध  शसक्त्त संघर्ष थाल्ने चेतानी दिए। उनले बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे । उनले बंगलादेशमा भएको सत्ता परिवर्तनलाई पनि प्रचण्डले बहुमतको दम्भको घटनाको संज्ञा दिए ।

उनले दुई पार्टी मिलेर मात्र संविधान शंसोधन हुन सक्दैन भन्दै जनताको पक्षमा अझै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com