काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गठन गरेको केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ। केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिएका हुन्।
विशेष महाधिवेशनबाट केन्द्रीय निर्वाचन समिति गठन भएसँगै बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। तर निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका भने हालसम्म सार्वजनिक गरिएको छैन।
पार्टी नेतृत्व चयन प्रक्रियातर्फ विशेष महाधिवेशन अघि बढेसँगै कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि थप तीव्र बनेको छ। कार्यतालिका सार्वजनिक भएपछि उम्मेदवारी दर्ता, मतदान र नतिजा घोषणाको प्रक्रिया स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया