काठमाडौं । गायिका मेलिना राईले सन्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी छन् । मेलिनाले इन्गेजमेन्ट गरेका सञ्जीव म्युजिक एरेन्जर हुन् । उनका एरेन्जमेन्ट गरेका थुप्रै गीत लोकप्रिय छन् । केही समय अगाडि लोकप्रिय बनेको ‘फुलबुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत हो ।

उनी गिटारिष्ट पनि हुन् । संगीतकार बसन्त सापकोटा सञ्जिव अहिलेका पहिलो रोजाइका गिटारिष्ट मध्येका एक भएको बताउँछन् । “सञ्जिव अहिलेको पहिलो रोजाइका गिटारिष्ट र कम्पोरमध्येका एक हुन्,” बसन्त भन्छन्, “उनका थुप्रै गीत लोकप्रिय छन् । अहिलेको व्यस्त गिटारिष्टमध्ये सञ्जीव एक हुन् ।”

सञ्जीव अहिलेका व्यस्त र रोजाइका संगीतकारको पहिलो च्वाइसका एरेन्जर र गिटारिष्ट भएको बसन्तको भनाइ छ ।

चलचित्र ‘नाईं नभन्नू ल–५’को ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीतको एरेन्जर पनि उनी नै हुन् । यो गीतमा मेलिना राईको स्वर छ । मेलिनाका थुप्रै गीतमा सञ्जीवको एरेन्ज छ ।

हरि लम्सालको ‘हलि दाइ’मा सञ्जीवले गितार बजाएका छन् । यो गीतको भिडियोमा पनि उनलाई गितार बजाइरहेको देख्न सकिन्छ ।

झापा घर भएका सञ्जिव काठमाडौं बसेर लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । गायिका मेलिनाको घर मोरङ हो । उनी पनि लामो समयदेखि काठमाडौंमा बसेर सांगीतिक क्षेत्रमा क्रियाशिल छिन् ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com