काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २७ महाबौध क्षेत्रमा काठमाडौं महानगरपालिकाको नगरप्रहरीले दिउँसै लुटधन्दा मच्चाएका छन्।

पसलभित्र राखिएको जाडोमा लगाउने सर्ट (कपडा)को एक बण्डल नगरप्रहरीले चोरेको सिसिटिभी फुटेज यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ।

महाबौद्दस्थित ‘जय माता पाथिभरा ट्रेडर्स’ नाम गरेको कपडा पसलमा हिजो (शनिबार) दिउँसो ४:२० मा नगरप्रहरीले पसलभित्र राखेको सर्ट चोरेको हो। यसरी पसलभित्र राखेको सर्ट चोरेको सिसिटिभी फुटेज बाहिरिएपछी नगरप्रहरीको उक्त घृणित कार्यको चौतर्फी आलोचना भईरहेको छ।

सिसिटिभी फुटेजमा नगरप्रहरीले पसलभित्रबाट हतार-हतार सर्टको बण्डल उठाएर नगरप्रहरी भ्यानतिर अगाडि बढ्छन् । उनी भ्यानमा पुगेपछी त्यो कपडा भ्यानको पछाडी राख्ने कि अगाडि राख्ने दोधारमा पुग्छन् र अन्त्यमा गाडिको अगाडिपटि सर्ट राखेर नगरप्रहरी त्यहाँबाट हिँडेको सिसिटिभी फुटेजमा प्रष्ट देखिन्छ।

यस घटनाप्रती ग्लोबल नागरिकसँग कुरा गर्दै जय माता पाथिभरा ट्रेडर्सका संचालिका सुशीला चौलागाईं गौतमले पसलभित्रबाट नगरप्रहरीले जाडोमा लगाउने सर्टको बण्डल चोरेर लगेको बताइन् । उनले भनिन् – ‘तपाईंहरुले पनि सिसिटिभी फुटेजमा देख्न सक्नुहुन्छ, नगरप्रहरीका एक कर्मचारीले पसलभित्रबाट तानेर एउटा सर्टको बण्डल उठाएर लगे । हाम्रो पसल नगरप्रहरीका कर्मचारीबाट दिउँसै लुटियो, यो अत्याचार हो । मेयर बालेनका प्रहरीबाट हामिलाई यो अपेक्षा थिएन। हामी भित्र रहेको बेला पसल भित्रको कपडा चोरी भयो। हामी बाहिर आएर यो के गरेको भन्दा नगरप्रहरीका ती कर्मचारी पछाडि नफर्की अगाडी कुदे।’

यो विषयमा काठमाडौं महानगरपालिकाले छानबिन गरेर चोर नगरप्रहरीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उनिहरुको माग रहेको छ।

हेर्नुहोस् भिडिओ: 

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com