काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादी आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोमा आपत्ति जनाएका छन्।

महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ। महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भन्दै ज्ञानेद्र शाहको नाममा पत्र काटेको छ। राप्रपाका अध्यक्ष थापाले महानगरले राजाका नाममा काटेको यो पत्र फिर्ता लिनुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’

थापाले अगाडि लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।

पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com