चेतावनी – यो रिपोर्टमा प्रयोग गरिएका तस्बिरले केहीलाई विचलित बनाउन सक्छ ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनिया गुटेरेसले युक्रेनको बुचा शहरमा मानिसको हत्याको तस्बिरमाथि एक स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।

किभको बाहिरी इलाकास्थित बुचमा रुसी सेना पछि हटेपछि शहरका गल्लीमा शव छरिएको तस्बिर सार्वजनिक भइरहेका छन् । केही पत्रकारले पनि यी शव देखेका छन् ।

युक्रेनले रुसमाथि जानीजानी हत्या गरेको आरोप लगाएका छन् । यता रुसले यसलाई ‘युक्रेनी सरकारलाई उक्साउने खेल’ को रुपमा वर्णन गरेको छ । साथै, रुसले बुचाबाट सार्वजनिक भएका फुटेजमाथि थुप्रै दाबी गरेको छ ।

रुसको दाबी : नक्कली शव



बुचाबाट रुसी सेना हटेपछि एउटा कारबाट लिइएको फुटेजमा सडकका दुबैतिर शव देख्न सकिन्छ ।



यो फुटेज सार्वजनिक भएपछि रुसको समर्थन गर्ने सोसल मिडिया अकाउन्ट्सले यसको ‘स्लो डाउन’ भिडियो सेयर गरेको छ र फुटेजमा एउटा शवको हात हल्लिरहेको दाबी गरेको छ ।



क्यानडामा रुसी दूतावासले यसलाई ट्वीट गर्दै लेखेको छ, ‘किभ नजिकै बुचा शहरमा नक्कली शवको नक्कली भिडियो ।’

भिडियो थोरै ब्लर छ तर नजिकबाट विश्लेषण गर्ने हो भने जसलाई रुसले हल्लिरहेको बताइरहेको छ त्यो वास्तवमा कारको विन्डस्क्रिनको दायाँ कुनामा भएको एउटा मार्क बताएको छ ।

स्पष्ट देखियोस् भनेर हामीले त्यो चिन्हमा गोलो घेरा लगाएका छौँ । यो चिन्ह धुलोको कण वा पानीको थोपाजस्तै छ ।

यो फुटेजबारे रुसले अर्को एउटा दाबी गरेको छ । फुटेजको त्यो हिस्सामा कार अर्को एउटा शव नजिकैबाट यात्रा गर्छ । यो शव रातो र पहेँलो ढुङ्गा भएको फुटपाथमा छ ।

शवलाई थोरै समयका लागि कारको दायाँ भागको ऐनाबाट देख्न सकिन्छ ।

रुसलाई समर्थन गर्ने सोसल मिडिया अकाउन्टमा यसमा शव बसिरहेको जस्तो देखिएको दाबी गरिएको छ ।

तर स्लो मोशन भिडियोमा फुटेजको यो भाग हेर्दा ऐनाले शवको प्रतिबिम्बका साथै पृष्ठभूमिमा रहेका घरहरूलाई पनि स्पष्ट रूपमा देखाउन सकेको छैन ।

इन्टरनेटमा पोष्ट गरिएका मिररका अन्य धेरै भिडियोहरूमा पनि त्यस्तै देख्न सकिन्छ ।

बीबीसीले अप्रिल २ मा पोस्ट गरिएको भिडियोलाई फोटो एजेन्सी गेटी र एएफपी खिचेका ३ अप्रिलका तस्बिरहरूसँग तुलना गरेको छ ।

भिडियोमा पहिला शव उत्तानो परेको जस्तो देखिन्छ । शवको दाहिने पट्टि फुटपाथमा थोरै घाँस र थोरै ढुङ्गा छन् ।

साथै, सेतो बारको छेउमा एउटा सिल्भर रङको कार फुटपाथमा देखिएको छ जसको डिक्की खोलिएको अवस्थामा छ ।

यही कार, फुटपाथ र बार गेटी–एएफपीको तस्बिर पनि छ ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com