काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’
उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफनै स्टाटसको बचाउ गरेका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया