काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन्।

काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो। नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो। उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए।

थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए। निर्वाचनको बेला बालेन शाह सहित उनको सहयोगी समुहले यहि रेस्टुरेन्टमा बसेर बैठक तथा छलफल गर्ने गर्दथे।

मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

 

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com