काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘चारवटा भैँसी समातेर नेपाली कांग्रेस भिरमा जान लागेको’ बताएका छन् ।

बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै उनले कांग्रेसले जोखिमपूर्ण चुनावी तालमेल गरेको बताएका हुन् ।

“भैँसी भिरतिर गयो भनेर जोगाउने प्रयास गर्नुपर्छ । तर, लड्नै लागिसकेपछि छोडिदिएन भने आफू पनि भैँसीसँगै लडेर समाप्त हुने जोखिम हुन्छ,” ओलीले भने, “कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ ।”

ओलीले समयमा सत्ता गठबन्धनका दल छोड्न नसके कांग्रेसको हालत खराब हुने जिकिर समेत गरे ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com