काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा माधवकुमार नेपाल र प्रचण्डले पार्टीको संगठन कब्जामा लिएपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

बिहीबार काठमाडौँमा नेकपा (एमाले)केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको संगठन सुदृढ बनाउनको लागि संसद विघटन गर्नुपरेको बताएका हुन्।

संसद विघटन गर्नु लोकतान्त्रिक कुरा भएको जिकिर गर्दै उनले संसद विघटन गलत थियो भनेर नभन्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।

‘पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि प्रतिनिधिसभा विघटन गरेर संगठन सुदृढ गर्नुपर्‍यो। संगठन त षड्यन्त्रकारीहरुले कब्जामा लिइसके, त्यस्तो अवस्थामा कार्यकर्तामा अपिल गर्न जानुबाहेक अर्को उपाय रहेन,’ ओलीले भने, ‘त्यसकारण प्रतिनिधिसभा विघटन विल्कुल लोकतान्त्रिक कुरा हो।’

त्यतिबेला आफूलाई पार्टीबाट निकालेर जेल हाल्ने षड्यन्त्र भएको उनको दाबी छ। एमालेको सूर्य चिह्न खान खोज्नेहरुको मुख जलेको उनको भनाइ छ।उनले भने, ‘एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ। गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो। अध्यक्षविरुद्ध फौजदारी आरोपसहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडि बढाइयो। त्यस अभियोगपत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्दा चलाएर थुन्ने योजना थियो।’

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com