एजेन्सी । विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन् ।

ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन् । उनले भने, ‘यो सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन् । उनले ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको जिकिर गरे ।

ट्वीटर कम्पनी खरिद गरिसकेपछि उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com