- राम्रो काम गरेका छौ
ज्यानको बाजी थापी
खुट्टा तान्न धेरै आउँछन्
कुर्सी छोडी-छोडी
लौरो टेकि आउँछु भन्लान् भ्रष्टाचारीहरु
कसैलाई नि दिनुहुन्न स्वतन्त्रमा बरु
चिल्लो बाटो शहरमा
फुलै फुलको खानी
हेर्दा हेर्दै राम्रो भयो हाम्रो राजधानी
कति राम्रो मठ मन्दिर
रङ्गी चङ्गी भको
फुलै फुलको सुगन्धले भरीपुर्ण भको
यति राम्रो हुने रछ, काठमाडौं शहर
घुमी-घुमी हेर्दा खेरी
मनमा लाग्यो रहर
मेयर जस्तै मन्त्रीहरु भए, कति खुशी छाउँथ्यो
सुख-दुख आफ्नै देशमा
बिदेश कसले धाउँथ्यो ।।
प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार
प्रतिक्रिया