काठमाडौं । रुसले फिनल्याण्ड र स्विडेनलाई नेटोको सदस्यता नलिन चेतावनी दिएको छ ।

नेटोको सदस्यता लिने कि नलिने भन्ने निर्णय फिनल्याण्ड र स्विडेनको निजी मामिला रहे तापनि त्यसले रुससँग ती देशहरुको सम्बन्ध र समग्र युरोपेली राष्ट्रहरुको सुरक्षामा कस्तो असर पर्छ भन्ने कुरालाई ध्यान दिई परिणाम भोग्न तयार रहेरमात्र नेटोको सदस्यता लिन फिनल्याण्ड र स्विडेनलाई रुसले चेतावनी दिएको हो ।

‘यो छनोट स्वीडेन र फिनल्याण्डका अधिकारीहरूकै हो । तर तिनीहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र समग्र युरोपेली सुरक्षाको लागि कस्तो किसिमका परिणामहरू ल्याउँछ भन्ने बुझ्नुपर्छ’, रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोकाभाले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

नेटो सदस्यताकै विषयलाई लिएर रुसले झण्डै २ महिनादेखि युक्रेनमाथि हमला गरिरहेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com