चर्चित गायक राजेश पायल राईले धरानका दर्शक नचाएका छन् । उनले आफ्नो लोक प्रिय गीतहरू प्रत्येक्ष गाएर त्यहाँका दर्शक नचाउन सफल भएका हुन् ।

नयाँ वर्षको अवसर पारेर बिहिबार धरानको बगरकोट नजिकै हेकोलुकुवा फेमिली रिसोर्टमा आयोजित कार्यक्रममा ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यो’ बोल गीत गाउँदै स्टेज प्रवेश गरेका उनले करिब दुई घन्टा आफ्नो गीतसंगीतबाट दर्शक झुमाएका थिए ।

बेलुका ९ बजे स्टेज चढेका राईले दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अंग्रेजीमा, टलटल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका आफ्ना दर्जन बढी गीत रखेका थिए । उनले पस्किएको धेरै गीतमा दर्शकले वान्स मोरको हुर्टिङ समेत गरेका थिए ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com