इरानका राष्ट्रपति इब्राहिम राइसीले इजरायललाई कडा चेतावनी दिएका छन्।उनले राष्ट्रिय सेना दिवसको अवसरमा इजरायललाई कडा चेतावनी दिएका हुन् ।

राष्ट्रपति रैसीले भने, ‘यहुदी शासनलाई थाहा छ कि उनीहरूको सानातिना गतिविधि पनि हाम्रो सेनाले देख्छ । यदि तिनीहरूले कुनै गल्ती गरे भने, हाम्रो सेनाले उनीहरूको हृदयमा सीधा प्रहार गर्नेछन् । हाम्रो सेनाको शक्तिले तिनीहरूलाई शान्तिमा बस्न दिँदैन ।’

इरानले इजरायललाई मान्यता दिँदैन । तर, इजरायलले पनि आणविक शक्ति सम्पन्न इरानलाई सहन नसक्ने बताएको छ ।

डोनाल्ड ट्रम्पले इरान र पश्चिमी देशहरूबीचको आणविक सम्झौता अन्त्य गरेका छन् । तर, जो बाइडेन राष्ट्रपति भएदेखि आणविक सम्झौतालाई नयाँ ढंगले कार्यान्वयन गर्ने प्रयास भइरहेको छ । यसका लागि भियनामा पटक-पटक बैठक बसिसकेकाे छ ।तर, अहिलेसम्म यसमा खासै सफलता भने हात लाग्न सकेको छैन ।

हालै, इरान, पाकिस्तान र अफगानिस्तानलगायत धेरै देशले जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनीहरूविरुद्ध इजरायली पुलिसको कारवाहीको आलोचना गरेका छन् ।यस कारबाहीमा एक सयभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com