काठमाडौं । मुलुकका ठूला दलहरू एमाले, कांग्रेस, माओवादीभित्र सीमित नेताको वर्षौं हालीमुहालीले मृत्युपछि मात्रै शासन सत्ता हस्तान्तरण हुने राजतन्त्रकै झल्को दिन्छ । यसबाट लोकतान्त्रिक पद्धतिको मार्ग अवरुद्ध मात्र भइरहेको छैन, देशले राजनीतिक अस्थिरता पनि खेप्नु परिरहेको छ ।

‘चुनाव जितिन्न है, गाह्रो छ भन्नुपर्दैन । केही गाह्रो छैन । यिनीहरू स–साना समूह छन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ’, १ चैतमा राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ।

२९ असार २०७८ मा प्रधानमन्त्रीबाट पदमुक्त हुँदै बालुवाटारबाट बालकोट फर्किएपछि ओलीले लगातार भन्ने गरेका छन्, ‘जनादेशको जगमा फेरि मूल ढोकाबाट सिंहदरबार छिर्ने हो ।’ बुधबार सम्पन्न संसदीय दलको बैठकमा त ओलीले आउने चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत सिट जित्ने दाबी गरे ।

‘एमाले प्रवेश गर्नेको लहर छ । गाउँगाउँमा तरुण दल नै रित्तिइसक्यो । चुनाव जित्ने आधार यही हो’, एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ दाबी गर्छन् । आउने चुनावपछि पनि एमाले नेतृत्वकर्ता दल बन्नेमा उनी विश्वस्त छन् ।

एमाले नेताहरूको दाबी मतदाताले अनुमोदन गरे ओली चौथो पटक प्रधानमन्त्री बन्न पनि सक्छन् । किनकि सिंहदरबार छिर्ने ओलीको बाटो रोक्न वैकल्पिक नेता र परिस्थिति एमालेभित्र चाहिं देखिन्न ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com