काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी थिईन् । उनको विवाह भने आज (बिहीबार) हुँदैछ ।

केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने भएकी हुन् । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।

मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com