काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका चौधरीलाई प्रारम्भिक उपचारपछि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। परिवारले थप उपचारका लागि काठमाडौं ल्याउने निर्णय गरे पनि एम्बुलेन्समार्फत ल्याउने क्रममा धादिङ पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com