काठमडौं– इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको जेरुसलेम शहरस्थित अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा १५० जनाभन्दा धेरै घाइते भएका छन् । इजरायली प्रहरीले विज्ञप्ति जारी गर्दै सयौँ प्यालेष्टाइनीहरुले पटाका र ढुङ्गामुढा प्रहार गरेपछि बल प्रयोग गरेको जनाएको छ ।

घाइतेमध्ये अधिकांशलाई रबरको गोली लागेको जनाइएको छ । प्यालेष्टाइनीहरुले नजिकै रहेको पश्चिमी पर्खालमा रहेको यहुदीहरुले प्रार्थाना गर्ने स्थानमा पनि आक्रमण गरेको इजरायली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्यालेष्टाइनीहरुको भीडलाई तितरबितर पार्न र शान्ति कायम गर्न अल अक्सा मस्जिद परिसरमा प्रवेश गरेको इजरायली प्रहरीको भनाइ छ ।

रोयटर्सका अनुसार इजरायली प्रधानमन्त्री नफ्तालाई बेन्नेटका प्रवक्ताले झडपका क्रममा सयौँ प्यालेष्टाइनीलाई पक्राउ गरिएको समेत जनाएका छन् ।

पछिल्लो समय इजरायलमा प्यालेष्टाइनीद्वारा आतंककारी आक्रमणको लहर बढिरहेका बेला मुसलमानहरुको तेश्रो सबैभन्दा पवित्र स्थल अल अक्सा मस्जिदमा झडप भएको हो ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com