अमेरिकाले युक्रेनलाई शस्त्रास्त्र दिइरहेकोमा रुसले आपत्ति जनाएको छ। युक्रेनलाई हातहतियार सहायता दिन बन्द नगरे अमेरिकाले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी रुसले दिएको छ।

अमेरिकी अखबार ‘द वासिङ्टन पोस्ट’ ले शुक्रबार रुसको यस्तो चेतावनी बारे समाचार दिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।

वासिङ्टन पोस्टका अनुसार ‘हामी अमेरिका र उसका सहयोगी राष्ट्रहरूसँग युक्रेनलाई शस्त्रास्त्र सुसज्जित बनाउने अनुत्तरदायी काम तत्काल रोक्न आग्रह गर्दछौं र नरोकेमा यसले क्षेत्रीय तथा अन्तरराष्ट्रिय सुरक्षामा अनपेक्षित परिणाम निम्त्याउनेछ’ रुसले अमेरिकालाई पठाएको कूटनीतिक नोटमा उल्लेख रहेको रोयटर्सले जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com