गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैङ्किङ कसुर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो । उनलाई चन्द्रागिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनी विरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com