काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका छन्। राजनीतिक समीकरण फेरिएपछि अल्पमतमा परेका कँडेलले अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएका हुन्। सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि उनको सरकार संकटमा परेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।